मकवानपुर – नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराज जम्कट्टेलले नेकपा एमालेले दम्भ र अहङ्कार मात्रै प्रदर्शन गरेकोले सर्वोच्च अदालतले गलहत्याएर निकालेको टिप्पणी गर्नुभएको छ ।

आज बुधवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै नेता जम्कट्टेलले सत्ताधारी एमालेले आफूहरूमात्रै जनमत प्राप्त दल भएको भन्दै अहङ्कार प्रदर्शन गर्नु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेमा केपी ओली प्रवृत्ति हाबी भएको छ । जसरी हुन्छ हेप्ने, चेप्ने, सकेसम्म यो व्यवस्था र संविधान ध्वस्त पार्न खोज्ने, संसद् र संविधानमाथि नै आक्रमण गर्ने अनि संयुक्त गठबन्धनबाट बनेको प्रधानमन्त्रीलाई परमादेशको सरकार भन्ने, यो उहाँको कस्तो राजनीतिक संस्कार हो

‘एमालेले पाएको चाहिँ जनमत अनि हामीले पाएको चाहिँ सालको पात हो त  उहाँले मात्रै जनमत पाएको भए, किन छाडेको त सरकार, पुर्‍याउनुस् न त बहुमत,’ नेता जम्कट्टेले थप्नुभयो ।

जनमतकै आधारमा सर्वोच्च अदालतबाट परमादेश जारी भएको बताउँदै उहाँले संयुक्त गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि निर्माण भएको दाबी गर्नुभयो ।

उहाँले मुख्यमन्त्री शाक्यलाई आफूहरूले विश्वासको मत नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले उहाँलाई विश्वासको मत दिनुपर्थ्यो तर उहाँ प्रतिगमनको पक्षमा उभिनुभएको छ । त्यस कारण दुःखका साथ भन्नुपर्छ, उहाँलाई हामीले विश्वासको मत दिन सक्दैनौँ ।’

यस्तै आजको बैठकमा नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एमाले नेतृत्वको सरकारले भ्रमको खेती गरेको आरोप लगाउनुभएको छ । उहाँले एमाले सरकारले झन्डै साढे तीन वर्षे कार्यकालमा गरिब नागरिकका लागि खाना, नाना र छानाको नारा भजाएर व्यक्तिगत स्वार्थका लागि मात्रै काम गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय