२९ साउन, काठमाडौं । नेपाल सरकारका पुर्व सचिव तथा युवामाझ लोकप्रिय व्यक्तित्व भिम उपाध्यायले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उपाध्यायले ओलीले थुतुनो चलाएर जग हसाउने बाहेक सिन्को पनि नभाँचेको ठोकुवा गरेका छन् ।

साथै उपाध्यायले राष्ट्रपति बिद्यादेबी भण्डारी माथि तिखो आलोचना समेत गरेका छन् । उनले मदन भण्डारीको पत्नि हुनु बाहेक राष्ट्रपतिको पनि केही योगदान नरहेको बताएका छन् ।

उपाध्यायले नेपाली राजनीतिका व्यक्तित्वहरुलाई यसरी विश्लेषण गरेका छन्ः पुष्पलाल नेपाली कम्युनिज्मका पिता, मदन भण्डारी विश्वभरि सोत्तर हुदै गएको कम्युनिज्मलाई नेपालमा भने पुनः स्थापितकर्ता नेता, मनमोहन बुढाबुढी अपाङ विधुवालाई जिविकोपार्जनका लागि राज्यवाटै भत्ता दिने ज्येष्ठ नागरिकहरूका निम्ति देउता, प्रचण्ड दलित, पिछडिएका, सीमान्तिकृत जातजातिलाई सत्ताको सिंहासनमा पुर्याउने समावेशीकरण, समानुपातिक, गणतन्त्र र संघीयताका पिता, झलनाथ, सिपी, माधवले अण्डरग्राउण्ड भएर कम्युनिज्मको नेतृत्व गरेका नेताहरू रहेको बताएका छन् । साथै उनले मोहनबिक्रमले पनि जीवनपर्यन्त सिद्धान्त नछाडी लागेका बताएका छन् ।
कम्युनिज्मले देश र जनतालाई फाईदा गर्यो कि गरेन त्यसमा खुबै बहस गर्न सकिन्छने भन्दै ओलीको चैँ के योगदान छ ? उनको प्रश्न थियो । ओलीले थुतुनो चलाएर जग हसाउने बाहेक सिन्को पनि नभाचेको बताए । उनले अगाडी भनेका छन्ः जनताले ऋण खाएका छैनन् यिनका घरिघरिका गनगन सुन्न र कचकच भोग्न ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय