काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेक भिडियोु बनाएर भ्रम फैलाइएको बताएका छन् । आज कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले आफ्नो घरमा पैसा जलेकोु भिडियोलाई फेक बताएका हुन् ।

अहिले जुन भिडियो आएको छ, त्यो फेक हो । फेक भिडियो बनाएर मेरो खिलाफमा काम भएको कुरा अहिले सामाजिक सञ्जाल आइसकेको छ । अरू देशको भिडियो काटेर ल्याएर मेरोमा हालिदिएछ, उनले भने ।

उनले यसबारे छानबिन गरेपछि थप स्पष्ट हुने बताएका छन् । फेक भिडियो बनाएर मेरो चरित्रहत्या गर्ने काम भएको छ । यस सम्बन्धमा तत्काल छानबिन होस्,उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय