काठमाडौं । सार्वजनिक यातायात महासंघका महासचिब भरत नेपालले प्रदेशमा भाडा बनाउने पद्दति नै नरहेको बताउनु भएको छ । रेडियो मिर्मिरेको कार्यक्रम दोष कस्कोमा अन्तवार्ता दिँदै नेपालले भाडा बढाउने कुरामा मुख्यमन्त्री साक्यले अन्योलता सिर्जना गरेको भन्दै आपत्ति समेत जनाउनु भएको छ ।

साथै नेपालले अब आँफुहरुले स्वघोषित रुपमा ३९.५० प्रतिसत भाडा बढाउने भन्दै भाडा समायोजन गर्दा सरकारले धरपकड गरे गाडि सडक मै छोडिदिने चेतावनी समेत दिनुभएको छ । ४० प्रतिशत भाडा को बारे मा भोलि को छलफल बाट  निर्णय हुने हुदा बिज्ञ ले दिएको ४० प्रतिशतभाडा सिफारिस को आधार मा घोषणा गरेको बताउनु भएको छ ।

साथै नेपालले सरकारको लापरबाहीले पर्यटकहरु ठगिने गरेको समेत बताउनु भएको छ । सरकारको नजरमा एअरपोर्टमा चल्ने ट्याक्सी मात्रै पर्यटक भएको भन्दै भाडा समायोजन नगर्दा विदेशीहरु ठगिदै आएको र नेपालको नकारात्मक प्रचार बाहिरी मुलुकमा फैलिरहेको समेत बताउनु भएको छ । नेपालले सरकारले यातायातका व्यवसायीका समस्या कहिलै नसुनेको भन्दै गुनासो पोख्नुभएको छ ।

हेर्नुहोस् महासचिव नेपालसंगको अन्तवार्ताः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय