चितवन । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सजिताको ठुलो बुबाको छोरा दाजु पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ । झापाको झापा गाउँपालिका( ६ शरणमति घर भएका २३ वर्षीय सचिन र सुजिताबीच विवाह गर्नेसम्मको तयारी रहेको र सोही विषयमा विवाद भएको भएको प्रहरीले जनाएको छ ।

उनी आफ्नै ठुलोबुबाको छोरा हुन् । असार ११ गते वेवात्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय