२३ भदौ, काठमाडौं । नेकपा एमाले छाडेर एकिकृत समाजवादी पार्टी निमार्णको मुख्य भुमिका निर्वाह गरेकी नेतृ रामकुमारी झाँक्री मुख छोपेर हिँड्ने अवस्थामा पुगेकी छिन् ।
निर्वाचन आयोगले भदौ २२ गतेसम्म दिएको समय सिमा सकिदासम्म पनि नेतृ झाँक्रीको गृहजिल्ला गुल्मीमा एक जनप्रतिनिधि पनि नेकपा एसमा गएनन् । आफ्नै जिल्लामा एक जनाको पनि साथ नपाउनु मुखै देखाउन लाजमर्दोस्थीति झाँक्रीका अगाडी निम्तीएको हो । रामकुमारी झाक्रीले माधब नेपालको नयाँ पार्टी खोल्नमा ठुलो भुमिका खेलेकी थिईन । एमाले विभाजनपूर्व दुबै समूहका प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृह जिल्ला रहेको गुल्मीमा दुबै नेताहरू एमालेमै रहेपछि एकीकृत समाजवादीमा जाने जनप्रतिनिधिहरूको संख्या शून्य भएको हो।
सबै जनप्रतिनिधि एमालेमा रहे सङै रामकुमारी झाक्री जिल्लामा एक्लि परेकी छिन।गुल्मीका १२ स्थानीय तहमध्ये आठमा एमालेले जितेको थियो । तीमध्ये सातवटा नेपाल पक्षका र एकजना अध्यक्ष केपी ओली पक्षको रहेको थियो बाँकी सात तहमा नेपाल पक्षको नेतृत्व हुदाहुदे पनि पार्टी विभाजनमा समाजवादीतर्फ कोहि गएनन्।
‘पार्टी छाडेर बलियो हुन सकिन्न, विमति भए पनि पार्टीभित्रै अन्तरसंघर्ष गर्नु तर नयाँ पार्टीमा नजानु’ भन्ने स्थानीय मतदाताको दबाबपछि नेता बिष्टले नेपालको साथ छाडेको बताइन्छ । बिष्ट एमालेमै रहेपछि समाजवादीको प्रभाव शून्य भएको स्थानीय एमालेको दाबी छ ।
छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले पार्टीका विवादमा जिल्लाका नेता कार्यकर्ताहरु एकठाउँ उभिएकाले विभाजनको प्रभाव नपरेको बताउनुभयो ।