काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताउनु भएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले एमसीसीमा सहि छाप गरिसकिएको भन्दै संशोधन हुन नसक्ने बताउनु भएको हो ।

उहाँले एमसीसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताउनु भएको हो । खड्काले भन्नुभयो, ‘यसको प्रक्रिया छ नेपालले संशोधन गर्दा एमसीसी लागू भएका देशसमेत प्रभावित हुने भएकाले यो कठिन हुन्छ । सामाजिक सञ्जालले एमसीसीबारे नकारात्मक प्रचार गरेको बताउनु भएको छ ।

उहाँले निवर्तमान प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा जसरी पनि एमसीसी पास हुने बताए पनि अहिले बोली फेरेको बताउनु भएको छ । एमसीसी नेपालको आवश्यकता भएको कुरा सबै राजनीतिक दललाई अवगत रहेको भन्दै बाहिर हल्लागरेजस्तो एमसीसी नभएको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय