५ भदौ, काठमाडौं । नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उपाध्यायले मान्छेको टाउको काटेर १४ बर्ष मामाघर गएको बिर्सियौ भन्दै प्रश्न गरेका छन् । उनले ओलीले फट्याई कुरा गरी जिवन बिताएको भन्दै अब रामनाम भजन जपेर मन्त्रपाठ गर्र्दै वैकुण्ठतिर लाग्न सुझाव दिएका छन् ।

७० वर्षका ओलीले २ चोटि मृगौला फेरेको भन्दै अरुले हात समाएर उठाइदिनु पर्नेबेला हलो जोत्छु भन्दै गफ हानेको टिप्पणी गरेका छन् । अरुले डोलिमा बोकेर तिर्थघाट लैजानुपर्ने उमेरमा हलो उचाल्ने फुईदिने भन्दै प्रश्न गरे । साथै उमेरमा पाखुरि नचलाएका ओलीलाई बुढेसकालमा थुतुनो नचलाउन पनि आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय