काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्।

महासचिव शंकर पोखरेलसहित पार्टीको कार्यक्रमका लागि सिमरा जान लाग्दा जेनजी युवाहरु आन्दोलित भएका थिए ।

विमानस्थालसम्म तोडफोड गर्ने तहमा युवाहरु उत्रिएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएका छन्। तर, सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु नैतिकरूपमा गलत कार्य भएको बताएका हुन्।

उनले भनेका छन्, ‘राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु नैतिकरूपमा गलत कार्य हो।’

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद भएको उनको टिप्पणी छ।

उनले थपेका छन्, ‘हे कठपुतली सरकार, लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो रु नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्।’

उनले अवरोधले विचलित नहुने भन्दै लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय