बारा । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ ।
बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ।
तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।




