काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने बताएका छन् ।

नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा काठमाडौंमा आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बनाएका हुन् ।

बाराको सिमरामा जेनजीहरूले गरेको अवरोधप्रति लक्षित गर्दै उनले भने, ‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरू जान पाउनुभएन । जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०-६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने के हो ? यस्तो अनि भन्छ चुनाव गर्ने रे रु सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय