एजेन्सी- तापक्रम ५० डिग्री पुगेर गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा गराइएको छ । युएईको मौसम विभागले आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराएको हो । भिडियोमा देखिएअनुसार झरना जसरी पानी जमिनमा झरिरहेको छ । युएईबाहेक अमेरिका, क्यानडा, चीन, बेलायतलगायत धेरै देशमा अहिले तापक्रम ४५ देखि ५० डिग्रीको आसपास छ ।

युएईमा भीषण गर्मीका कारण मानिसहरुको अवस्था बेहाल छ । यहाँको तापक्रम ५० डिग्रीसम्म रेकर्ड गरिएको छ । गर्मीका कारण मानिस र पशुपंक्षीहरुको मृत्यु भइरहेको छ । यसबाट बच्नका लागि दुबईले कृतिम वर्षाको नयाँ उपाय निकालेको हो ।

मौसम विभागका अनुसार युएईले ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्ज गर्ने काम गरेको छ । त्यस चार्जपछि बादल वर्षिएको हो । यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जोडसँग झट्का दिन्छ । जसबाट बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय