विराटनगर । एमालेको आसन्न महाधिवेशनमा उपाध्यक्ष लड्ने तयारीमा रहेका भीम आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको राजनीतिक भविष्य दाउमा परेको छ । आचार्य तत्कालीन पर्यटनमन्त्रीसमेत हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रूपैयाँ बिगो दाबीसहित विशेष अदालतमा दायर गरेको मुद्दामा ५५ जना प्रतिवादीमध्ये एक हुन् आचार्य ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको अभियोजन दर्ता हुनासाथ पद निलम्बनको कानूनी प्रावधान छ । त्यसैले पनि आचार्यले उम्मेदवारी दर्ता गर्न पाउने छैनन् ।

पछिल्लोपटक सुनसरी- २ बाट ७९ चुनावमा संघीय सांसद जितेका आचार्य उपाध्यक्षको दाबीसहित अध्यक्षसँग लाइन मिलाउने कसरतमा थिए । उनी नवौँ महाधिवेशनबाट एमाले सचिवमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय