
श्रावण ५, २०७८
एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा बस र ट्रक एकआपसमा ठोकिदा ३० जनाको मृत्यु भएको छ
दुर्घटनामा अन्य ४० जना घाइते भएका छन् । मृत्यु भएका अधिकांश श्रमिक छन् । बस सियाल्कोटबाट राजनपुरका लागि प्रस्थान गरेको थियो ।
इद–उल–अजहा मनाउन बिदामा घर फर्किन लागेका श्रमिक चढेको बस राजमार्गको तौन्सा बाइपास नजिक सोमबार ट्रकसँग ठोकिन पुगेको हो ।
४६ सिट संख्याको उक्त बसमा ७५ जना सवार रहेको र तिमध्ये १५ जना छतमा बसेको बताइएको छ । दुर्घटनास्थल लाहोरबाट करिब ४ सय ३० किलोमिटरको दूरीमा रहेको छ ।
दुर्घटना लगत्तै घाइतेलाई नजिकको अस्पतालमा पु(याइएकोमा १८ जनालाई तत्कालै मृत घोषित गरिएको अनतर्राष्ट्रिय समाचार सस्थाहरुले जनाएका छन् ।