१५ भदौ, काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो आगामी चलचित्रका लागि बलिउडको हालसम्मकै धेरै पारिश्रमिक लिएका छन् । मिडिया रिपोर्टअनुसार खानले ‘पठान’ चलचित्रका लागि १०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् ।

योसँगै उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बनेको बताइएको छ । उनीपछि महँगा मानिएका सलमान खानले एउटा चलचित्रका लागि ६०–७० करोड, आमिर खानले ५०–६० करोड र अक्षय कुमारले ५० करोड पारिश्रमिक लिने गरेका छन् ।

हालै मात्र गरिएको एक सर्वेक्षणले शाहरुख खानलाई विश्वमा सबैभन्दा धेरै डिमान्ड भएका कलाकार बताएको थियो । अमेरिकास्थित प्यारोट एनालाइटिक्सले यो वर्षको जुलाई २० देखि अगस्ट १८ सम्म गरेको अध्ययनले उनलाई विश्वमै धेरै डिमान्डका कलाकारका रूपमा देखाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय