कृष्ण अधिकारी
दाङ तुलसीपुर उपमाहनगरपालिका ५ का वार्ड अध्यक्ष बिरेन्द्र कुमार शाह ले दीप प्रजोलन गरि सय पत्री दोहोरी घर उदघाटन गरेका हुन् ।
सय पत्री दोहोरी घर को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै वार्ड अध्यक्ष शाह ले मानिसभित्र रहेको कलालाई बाहिर ल्याउन सय पत्री दोहोरी घर ले सहयोग पु¥याउने बताएका थिए ।

कला माध्यमबाट आफूलाई मात्र नभएर देशको गौरभ हुने काम समेत गर्न सकिने वार्ड अध्यक्ष शाह को भनाई थियो ।
गीत संगीत कै मध्यम वाट समाज मा रहेका गरिब दुखी लाई सयोग गर्न तथा समाज रुपान्तरण यबम परिवर्तन गर्ने उद्श्य ले संचालन गरिएको हो ।

सयपत्री दोहरी घरका अध्यक्ष दिपक वलि को अध्यक्षता एँव तुलसीपुर उपमहानगरपालिका (५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यता तथा तुलसीपुर उधोग वाणिज्य सँघका उपाध्यक्ष मिनराज वलीको विशिष्ट आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न सम्बन्धित सरोकारवाला निकायहरु, पत्रकारहरु लगायतको सहभागिता रहेको कार्यक्रमको सहजिकरण मदन मुस्कानले गरेका थिए ।
उक्त कार्यक्रम मा सहयोगि दाताहरु ,पत्रकार लाई सम्मान तथा माया को चिनो प्रदान गरिएको थियो । तथा घम्साघम्सी लाईभ दोहोरी कार्यक्रम को प्रस्तुति रहेको थियोे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय