३० साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक काठमाडौंमा जारी छ । दुई दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पेरिसडाँडामा चलिरहेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक प्रतिवेदन पारित गरेको थियो ।

सो प्रतिवेदन पनि बैठकमा पेश हुने साथै पार्टीको सांगठनिक संचरना र राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय