२५ साउन, काठमाडौं । सार्वजनिक भएको २४ घण्टामै गायक प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ । शुक्रबार सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत ‘कुरा बुझ्नु पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको हो ।

सपुतको तीज गीत कुरा बुझ्नु पर्च सार्वजनिक भएइको २४ घण्टाभन्दा अगाडि नै युट्युबको ट्रेन्डिङको एक नम्बरमा पुगेको थियो । युट्युबको अहिले उक्त गीत २२ लाखभन्दा बढीले हेरिसकेका छन् । सपुतको तीज गीतलाई धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।

सपुतको तीज गीतमा चर्चित गायिका शान्ती श्री परियार र समीक्षा अधिकारीले आवाज दिएका छन् । गीतको भिडियो निर्देशन पनि गायक सपुतले गरेका हुन् । भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय रहेको छ ।

गितको भिडियोः

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय