१७ साउन, काठमाडौं । कलाकार किरण केसी (राता मकै) लाई ’वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने भएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीले हाँस्य व्यङ्ग्य तर्फको ’वासुदेव लुइँटेल पुरस्कार ०७७’ केसीलाई दिने निर्णय गरेको हो।

गत शुक्रबार साउन १५ गते बसेको गुठीको बैठकले कलाकारितासँगै गायनमा समेत उपस्थिति जनाइ सकेका केसीलाई कदरपत्रसहित १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण गत वर्ष यो सम्मान प्रदान गर्न सकिएको थिएन । २०७६ सालको हाँस्य व्यङ्ग चित्र तर्फको पुरस्कर कलाकार राशी शाहलाई प्रदान गर्ने निर्णय गरिएको थियो ।

यी दुवै पुरस्कार समय अनुकुल भएसम्म आगामी भदौ महिनामा प्रदान गरिनेछ । हाँस्यव्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशिल प्रतिभाहरुमध्येबाट एक जनाको छनोट गरि यो पुरस्कार प्रदान गरिँदै आएको गुठीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय