काठमाडौं । काठमाडौँमा जारी क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई टोलीबीचको खेल अपराह्न ४ बजे सुरु हुनेछ।

खेलको दोस्रो इनिङ भने राति फ्लडलाइटको उज्यालोमा हुनेछ। पोखरा एभेन्जर्स कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्स दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा मैदान उत्रनेछन्।

पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ।

आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन्।

सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा छन्।जारी प्रतियोगितामा दुवै टोलीको आज दोस्रो खेल हो।

पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले हारेको छ भने सुदूरपश्चिमले भने पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय