
एजेन्सी- टर्की प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीई पक्राउ गरेको यहाँको अनादोलु न्यूज एजेन्सीले जानकारी दिएको छ। टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महशुस गरेको बताएको छ।
इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५ सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रवासीलाई अवैध रूपमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो।