एजेन्सी- दक्षिण छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यमा  भयानक सडक दुर्घटना भएको छ। दुर्घटनामा अहिलेसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्।  पछिल्लो दुर्घटना उत्तर प्रदेशको बाराबंकी क्षेत्रमा भएको हो।

हरियाणाको पलवलबाट बिहारतर्फ जाँदै गरेको बसलाई मध्यरातमा ट्रकले ठक्कर दिएको थियो। बसमा १४० यात्री सवार रहेको खुलेको छ। घटनास्थलमै १८ जनाको ज्यान गएको हो। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारार्थ बाराबंकी र लखनउस्थित ट्रमा सेन्टर लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय