
विराटनगर । पछिल्लो समय पारिवारिक कलह र हत्याको श्रृंखला बढ्दो रहेको छ । पारिवारिक कलहका कारण नै पनि समाजमा अपराधिक घटनाहरु बढीरहेका छन् । सामाजिक संरचनाको सबैभन्दा दरिलो पर्खालको रुपमा चित्रण गरिदै अपराधका घटनाहरु बढ्नुलाई समाज तथा परिवार अबिस्वासको दलदलमा फस्दै गएको देखाउँछ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो एक वर्षको तथ्यांक नियाल्दा प्रदेश १ मा आर्थिक वर्षमा ७ हजार ३ सय ८४ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७र०७८ मा १ सय ४३ वटा कर्तव्य ज्यान मुद्दाको घटनामा भएको तथ्यांकले देखाउछ । जसमध्ये परिवारिक हत्याका ५५ वटा घटना भएका छन् । पारिवारिक कलहमा मारिने संख्यामा अधिकांश महिला रहेका छन ।
समाजमा दैनिक जस्तो बढिरहेका पारिवारिक अपराधका घटनाहरुले पारिवारिक सम्बन्ध कठिन अवस्थामा रहेको देखाउँछ । परिवार भित्र आपसि बिश्वास र समझदारी हराउदै जानुले पनि पारिवारिक अपराधका घटनाहरु बढेको पाइएको छ । परिवार भित्र सम्मान र असल संस्कारको अभावमा आपसि कलहले हत्या जस्तो जघन्य अपराधमा पारिवारिक सदस्यहरु होमिदै गएका छन । मृत्यु भएका अभिभावक हुन वा हत्यामा संलग्न हुन बालबालिकाको भबिश्य जोखिममा पर्ने गरेको छ ।
प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ का अनुसार झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच÷पाँच, इलाम र उदयपुरमा चार÷चार, खोटाङमा तीन, ओखलढुंगा, तेह्रथुममा, धनकुटा, पाँचथर र संखुवासभामा दुई÷दुई तथा भोजपुरमा एउटा हत्याका घटना भएका छन ।