
काठमाडौं । गत २४ भदौमा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छिन् ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको बायाँ हात काटिएको अस्पताल स्रोतले बतायो ।
स्रोतका अनुसार, शल्यक्रियाका क्रममा उनको बायाँ हात काटिएको हो । पारिवारिक स्रोतले पनि उनको हात काट्न परेको जानकारी दिएको छ ।
‘बायाँ हातबाटै एन्टिबायोटिक चलाइएको थियो । उपचारका क्रममा उक्त हात काट्नुपर्ने चिकित्सको सल्लाह अनुसार हात काटिएको हो,’ पारिवारिक स्रोतले भन्यो ।
उनलाई शल्यक्रियापछि अहिले वार्डमा सारिएको छ । उहाँको स्वास्थ्य अवस्था अहिले ठिक छ , सुधारोन्मुख हुँदै गएको छ,’ अस्पताल स्रोतले भन्यो