भारतको जम्मू-कश्मीरको वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा २० भन्दा बढी घाइते भएको बताइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्यधिक भीडका कारण भागदौड मच्चिएको थियो ।

शनिबार बिहान पौने तीन बजेतिर एउटा विवादका कारण एक(अर्कामा धक्कामुक्का भएपछि भागदौड मच्चिएको जम्मू(कश्मीरका डीजीपी दिलबाग सिंहले जानकारी दिएका छन् । मृत्यु हुनेहरूमा दिल्ली, हरियाणा, पन्जाब र जम्मू-कश्मीरका मानिस रहेको अधिकारीले जानकारी दिएका छन् ।

जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनाप्रति दुस्ख व्यक्त गर्दै छानबिनका लागि समिति गठन गरिएको बताएका छन् । त्यस्तै उनले मृतकका परिवारलाई सहयोगस्वरूप १०र१० लाख र घाइतेलाई उपचारका लागि २ लाख उपलब्ध गराइने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय