काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ५१ हजार नौ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ एकैदिन एक सय ५० रुपैयाँले बढेको छ । आज चाँदी एक सय ५० रुपैयाँले बढेर तोलाको तीन हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको आजको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय रुपैयाँ थियो । यसअघि गएको मंसिर १७ गते तोलाको तीन हजार ६ सय ५५ रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय