काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अध्यागमन (इमिग्रेसन) नियम कडा बनाएपछि ८५ हजार भिसा रद्द गरिएको छ ।

गएको जनवरीदेखि हालसम्म ८५ हजार भिसा रद्द गरिएको यूएस स्टेट डिपार्टमेन्टले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ । यसले अध्यागमन प्रवर्तन र सीमा सुरक्षामा ट्रम्प प्रशासनको बढ्दो कडाइलाई जनाउँछ ।

भिसा रद्द गरिएका मध्ये आठ हजारभन्दा बढी विद्यार्थी छन् । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा पनि बढी हो ।

एक्समा यूएस स्टेट डिपार्टमेन्टको उक्त पोस्टमा ट्रम्पको एउटा तस्बिर पनि सेयर गरिएको छ । त्यसमा ‘मेक अमेरिका सेफ अगेन’ लेखिएको छ ।

एक वरिष्ठ अधिकारीले मादकपदार्थ सेवन गरेर गाडी चलाउनु, चोरी, आक्रमणजस्ता अपराध भिसा रद्द गरिनुको प्रमुख कारण भएको बताएका छन् ।

केही भिसाको म्याद समाप्त, आतंकवादको समर्थनसँग जोडिएको जाँच र अरू गम्भीर कारणले पनि रद्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय