विश्वव्यापी रूपमा फैलिँदै गएको नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलिएको छ । मंगलबार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आफ्नो साप्ताहिक रिपोर्टमा हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित १०६ मुलुकमा पुष्टि भएको जनाएको हो ।
विश्वभरको परीक्षणबाट डेल्टा नै प्रमुख भेरियन्टको रुपमा देखा परेको भए पनि ओमिक्रोन फैलिइरहेको हुँदा जोखिम सिर्जना भएको पनि संगठनको भनाइ छ ।‘हालैका तथ्यले ओमिक्रोनका संक्रमित वृद्धि हुनेदर डेल्टाको भन्दा बढी भएको र जनसंख्याको इम्युनिटी क्षमता धेरै रहेका एवं समुदायमा संक्रमण फेला परेका मुलुकमा समेत तीव्र रुपमा फैलिइरहेको देखाउँछन्,’ डब्ल्यूएचओले भनेको छ ।




