२० कार्तिक, एजेन्सी । भारतको एक अस्पतालमा भएको भिषण आगालागीमा परि १० जनाको मृत्यु भएको छ । भारतको अहमदनगरस्थित उक्त सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको जनाईएको छ । अहमदनगरका कलेक्टर राजेन्द्र भोसका अनुसार ६ जना घाइते भएका छन् ।

सट सर्किटका कारण आगो लागेको प्रहरीले जनाएको छ। कोरोना वार्डमा २५ जना बिरामी भर्ना भएका थिए । तीमध्य ९ जनाको अवस्था सामान्य छ । अस्पतालको हालसालै निर्मित आइसियु वार्डमा आगो लागेको हो । उक्त वार्डमा कोरोनाका बिरामी राख्ने गरिएका थियो। अस्पतालको फायर सेफ्टीमा रहेको कमजोरीका कारण आगलागीले विध्वंसात्मक रुप लिएको अनुमान गरिएको छ ।

फायर सेफ्टीको जाँच गराएको÷नगराएका विषयमा जाँच गरिने र दोषी पाइए कारबाही गरिने बताइएको छ । मृतकका परिवारलाई क्षतिपूर्ति दिइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय