काठमाडौँ — शरीर विज्ञान र चिकित्सा अन्तर्गतको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका छन् । स्नायू प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्नेबारे खोज गरेकोमा अमेरिका र लेबनानका वैज्ञानिकद्वयले २०२१ को नोबेल जितेका हुन् । डेभिड अमेरिकी नागरिक हुन् भने अर्डेम लेबनानका नागरिक हुन् ।

ूगर्मी, चिसो र स्पर्श महसुस गर्ने हाम्रो क्षमता अस्तित्वका लागि आवश्यक छ र यसले वरपरको संसारसँगको अन्तरक्रियालाई बलियो बनाउँछ,ू नोबेल एसेम्बलीले विज्ञप्तिमार्फत् भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय