नयाँ दिल्ली- भारतको केन्द्र प्रशासित राज्य जम्मु काश्मीरका ६ जना सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार चरमपन्थीसँग सम्बन्ध रहेको आरोपमा ६ जनालाई बर्खास्त गरिएको हो।

जसमा दुई जना प्रहरीसहित ६ जना रहेको जनाइएको छ। भारतको संविधानको धारा ३११ को उपधारा २ सी अनुसार जम्मु काश्‍मीर सरकारसँग जाँचबुझ कमिटी गठन नगरेर नै जागिरबाट बर्खास्त गर्ने अधिकार रहेको छ। सोही अधिकारको प्रयोग गरी ६ जनालाई बर्खास्त गरिएको बताइएको छ।

राज्यको सुरक्षाविरुद्धको गतिविधिमा संलग्‍न भएको आरोपमा कारबाही सुरु गर्न एक टास्कफोर्स गठन गरिएको थियो। उक्त टास्क फोर्सको सहमतिमा ६ जनालाई बर्खास्त गरिएको हो।

जसमा हामिद वानी र लियाकत अलि काकरु नामका दुई जना सरकारी शिक्षक, जफर हुसेन बट्ट र शौकत अहमद खान नामका दुई प्रहरी जवान, मोहम्मद रफी बट्ट नामका एक भवन विभागका जुनियर असिस्टेन्ट र तारिक महमूद कोहली नामका एक वन विभागका अधिकारी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय