काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदीय निर्वाचन जितेका छन् । उनले कुबेक शहरको पापीनोमा जित हासिल गरेको बीबीसीले जनाएको छ । केहीबेरअघि उनी आफ्नो गृह जिल्ला पुगेका थिए। त्यस क्रममा उनले संवाददाताहरूलाई आफूले ‘पापीनोका उत्कृष्ट सांसदलाई’ मत दिएको बताएका थिए ।

प्रधानमन्त्री ट्रुडोले निर्वाचन अधिकृतहरूको प्रशंसा गर्दै ट्वीट पनि गरेका छन् । यसअघि उनको दल लिबरल पार्टीले ट्रुडो प्रधानमन्त्रीका रूपमै कायम रहनका लागि आवश्यक पर्ने सिट सङ्ख्या जित्ने अनुमान क्यानडाका सञ्चारमाध्यमहरूले गरेका थिए । सीटीभी र सीबीसी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय