काठमाडौँ — नेपालले क्यानडाविरूद्धको ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा पहिले फिल्डिङ गर्ने भएको छ । क्यानडाले ओमानको मस्कटमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

सेमिफाइनलमा पुग्न क्यानडालाई यो खेल जित्नै पर्छ । नेपाली टोलीमा गुलशन झाको स्थानमा कमलसिंह ऐरीलाई ल्याइएको छ । फिलिपिन्सविरुद्ध खेलेको अघिल्लो खेलमा कमललाई आराम दिइएको थियो भने घाइते शरद भेषावकरको स्थानमा कुशल मल्ललाई खेलाइएको थियो ।

नेपालले क्यानडालाई पराजित गरेमा समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने छ । यूएई बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह उपविजेता भएर सेमिफाइनल पुगेको हो । आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरी सेमिफाइनलका लागि बलियो स्थितिमा रहेको छ । फिलिपिन्सलाई पहिलो खेलमा १ सय १८ रनले पराजित गरेको क्यानडा शनिबार ओमानसँग ९ विकेटले घुँडा टेकेको थियो । ओमानले कमजोर फिलिपिन्ससँग खेल्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय