१२ पुस, काठमाडौं । नेपालको महिला टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा लगातार पाँचौ जित निकालेको छ ।

ढाकामा आज राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले लगातार पाँचौं जित निकालेको हो । अपराजित रहेको नेपालले किर्गिस्तानमाथि २५-८,२५-१४ र २५-१७ को सेटमा जित निकालेको हो ।

यस जितसँगै नेपालले शीर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाएको छ । नेपालले ५ खेलमा १४ अंक जोडेको छ । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो ।

यस्तै चौंथो खेलमा उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल एक खेल अगाबै फाइनलमा पुगेको थियो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग मंगलबार खेल्नेछ । आज नै श्रीलंकालाई ३-२ को सेटमा हराएर उज्वेकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो । उज्वेकिस्तानले ५ खेलमा ११ अंक जोड्यो । श्रीलंका र किर्गिस्तानले तेस्रो स्थानमा लागि खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय