मानब सभ्यता को सुरुवात सगै मानिसहरु नशाको अधिनमा छन, कसैलाई केहि को नशा कसैलाई केहि को नशा ! कसैलाई गुट्खा/सुर्ति नभएर हुदैन, कोहि को बिहानको नित्यकर्म चुरोट न सल्काई सुरु हुदैन, अरु केहि को बाटोमा भट्टिमा पर्दैन भने उ घर अर्को बाटो गएर भए पनि सोमरस मा लिप्त भएरै घर पुग्छ, कोहि फेरि सुरा-सुन्दरी को नशामा मस्त छन भने कसैले घरबार बिहीन हुँदा सम्म जुवाको धुन छोडेका हुदैन!
अन्य लागु पदार्थ को त झन के करा गर्नुपर्यो र, बल्याक स्ट्रोङ कफि ल्याउ त मुड नै फ्रेस भएन भन्ने हरु नशा वा लत/कुलत मा फसेका हरु हुन कि होइनन् ?! हिन्दि चलचित्र को गित ले भने झै “अब तो आद्धत सि हे तेरी …” वला लत वा नशा लागेका हरु नै हुन Facebook LIVE गरेर परमधाम को बाटो तताउने । समाज केस्को नशाले आजित भएको छ त्यो कुरामा ध्यान नदिएर सुगाले सिताराम भनेको जस्तो गरी गाँजा नशा हो यसले समाजमा नकारात्मक असर पर्छ भन्नु कत्तिको युक्तिसंगत हुन्छ ? जबकि गाँजा मा लत लगाउने कुनै त्यस्तो पदार्थ नै हुदैन बरु अन्य कुलत वाट मुक्त हुन सहयोगी भूमिका निर्वाह गर्छ। गाँजा ले चुरोट, रक्सी तथा अन्य लागु पदार्थ को कुलत छुटाउन अहम भूमिका निर्वाह गर्दछ !! मानिसले गाँजा प्रयोग गर्न सुरु गरेको समय देखि आज सम्म गाँजा ओभर डोज भएर मरेको कुनै ईतिहास नै छैन जबकि कफि धेरै खाएर मान्छे मरेका छन, त्यसैले गाँजा लागु पदार्थ होईन।
तपाईं लाई घोकाईएको जस्तो गाँजा अम्मल (लत) बस्ने चिज नै होईन, गाँजा लाई Gateway Drugs भन्नु मुर्खता हो बरु गाँजा Exit way substance चाहिँ पक्कै हो !!!! गाँजा अबैध हुदा नै नेपालका लगभग ८०-९०% युवा हरुले कुनै न कुनै रुपमा गाँजा चाखिसकेका छन्, यदि गाँजा लत लगाउने लागु पदार्थ हुदो हो त नेपाल उहिले नै धोस्त भैसकेको हुनुपर्ने होइन र ?! गाजा खुला भएर सबै युबा गजेडि हुन्छन् भनेर सोच्नु नै भ्रम हो ! गाँजा सबै लाई पच्दैन, एकपटक खाएको ३ दिन सम्म लागे पछि को मुर्खले फेरि खान्छु भन्छ होला र? गाँजाको सर्बशुलभ पहुच हुदा सबै ले खान्छन भन्ने हुँदैन ! रक्सी/चुरोट सजिलै किन्न पाइन्छ के सबै ले रक्सी/चुरोट खान्छन र?!
गाँजाको सर्बशुलभ पहुच भयो भने बरु अन्य लागु पदार्थ को कुलतमा फसेका युवाहरु समाजमा पुनस्थापना हुन सहज हुनेछ । बजारमा सजिलै अन्य लागु पदार्थ भेटिन्छ, गाँजा खोज्न ४ कोस पर डाँडा पाखा चहार्नु पर्छ! गाँजा प्राकृतिक बरदान हो, कसैको पेवा होईन ! हरेक नेपालीले आफ्नो ब्राण्ड बनाउन सक्ने प्रकृतिक सेवा हो ! प्राकृतिक रूपमै जुनसुकै को पनि Female भन्दा Male आकर्षक/अब्बल भएको देखिन्छ तर गाँजा मात्रै एउटा बस्तु हो जस्को Male भन्दा Female आकर्षक/अब्बल हुन्छ! गाँजाको फुल, फुलहरु को महारानी हो !!! गाँजा खोलौ यस्ले धार्मिक, सामाजिक, आर्थीक, स्वास्थ, पर्यटन, कृषि, जल, पर्यावरण सबै क्षेत्रमा सकारात्मक असर पार्ने हुँदा देश समृद्ध र हामी धनी हुन्छौं भन्दा गजेडिका गफ भन्ने अनि जलश्रोत को धनी देश भनेर २१ घण्टा लोडसेडिङ र हरियो बन नेपालको धन भन्दै गाँजा फडानी गर्दा ताली ठोक्ने परम्परा भएकाले हामी पछी परेका हौ ! कहिले खुल्ने चेत ?
हाम्रो शरीर भित्र ११ बटा बिभिन्न किसिमका System हुन्छन भनेर स्कूल मा पढाईयो तर हाम्रो शरीरमा Endocannabinoid system (बुझ्ने गरी भन्नु पर्दा गाँजा प्रणाली) पनि हुन्छ !! त्यो किन पढाईएन कहिले बिचार गर्नु भएको छ ?!! मानिसको शरिरमा आफै उत्पादित हुने Cannabinoid को सबै भन्दा बढि मात्रा बच्चालाई सेवन गराउने आमाको दूधमा पाइन्छ, त्यसको कारण नै हो रुदै गरेको बच्चा स्तनपान गर्न बितिकै रुन छोडर निदाउने। आमाको दूध अमृत समान भनेर त घोकाइयो तर के कारणले अमृत भनियो सोधखोज गर्ने चेस्टा हामिमा रहेन। प्राकृतिक रूपमा बनावटको आधार ले नै प्राकृतिक रूपमै गाँजाको अवश्यकता पुरुष लाई भन्दा वढि महिला लाई छ। हाम्रो शरीरमा Endocannabinoid System हुन्छ, न कि Zoloft/ Ibuprofen System!!! Cannabinoid गाँजा मा पाइने Compound हो जुन मानब शरिरमा जन्मे देखि नै हुन्छ, जस्को कमिका कारण बिभिन्न रोग पैदा हुने गर्दछ। अब आफै बिचार पुराउनु मान्छे बिरामी हुँदा केस्को आबस्यकता पर्दछ ! 2020 AD सम्मको खोज अनुसन्धान अनुसार गाँजा मा ४८७ वटा Component फेला परेका छन! नेपाली रैथाने गाँजा बाट अझ अरु कति Components भेटिने हुन, त्यो त चोखै बाकि नै छ!!
यो सबै Component हरु कतिवटा रोग निवारणमा काम आउन सक्छ, अनुमान लगाउन गाँजा नै तान्नु पर्छ भन्ने हुँदैन !!! गाँजा लाई कानुनी रुपमा बैधानिकता दिनु पर्ने अनेकौ कारण छन यसको विपक्षमा वकालत गर्नु समाज र देशको अग्रगामी बिकासमा अवरोध खडा गर्नु हो, किसानको जिबनस्तर उकास्न दिनुहुदैन भनु हो। नेपाल मा पर्यटन को बिकास समेत गाँजाले नै गरेको हो, हिप्पी हरुले नेपाल देशलाई Europe/America मा सम्म चिनाएका हुन गाँजा पर्यटन को रुपमा! सन् १९७०-८० तिर हरेक European/American युबा को Dream Trip हुने गर्थ्यो Istanbul to Kathmandu (Magic Bus) Road Trip! गाँजा लाई अलगाएर नेपाल को पर्यटन विकास कित माथि पुग्यो?! गाँजा लाई वैधानिक गरौं, बिदेशी मुद्रा आर्जन गरौं! देश को व्यापार घाटा ठाउँमा ल्याउने गाँजा निर्यात भन्दा अरु कुनै सजिलो उपाय भए भन्नुहोस, हामी लाई २५ लाख सर्टिफिकेट धितो वाला रिन चाहिदैन, गाँजामा सबै तप्का ले लगाएको प्रतिबन्ध फुकुवा गराई देउ, २५ लाख कर/राजश्व हामी सरकार लाई दिन्छौं !!!! गाँजा माथिको प्रतिबन्ध हटाउने अध्यादेश ल्याउ वा अरु केहि उपाय भए अपनाउ , हामी जनता लाई मतलब भएन तर गाँजाले बैधानिकता यथासिघ्र पाउनुपर्छ !! किसानले खेती गर्न नमिल्ने, बिरामी औषधि उपचार बाट बन्चित हुने, व्यवसायी ले व्यवसाय गर्न नपाउने अहिलेको जन-अहितकारी गाँजा सम्बन्धी कानुनको पालना अब धेरै समयसम्म गर्न जनता बाध्य हुने छैनन् !!! गाँजा लाई गैरकानुनी राख्नु र भगवानले ठुलो गल्ती गरे भन्नु एउटै हो !!!!
(रबिन्स बिक्रम डांगी क्षेत्री)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय