बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्का अनुसार सुर्नया गाउँपालिका(१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका(१ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको हो ।

गम्भीर घाइते उनीहरूको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। घाइतेमध्ये अन्य ५ जनाको पाटन र गम्भीर घाइते एक जनालाई डडेल्धुरा रेफर गरिएको छ।

सोमबार साँझ पाटन बजारबाट सोही नगरपालिका(१ को सकारतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको थियो। जीपमा चालकसहित ११ जना सवार थिए। तर जीप चालक भने फरार छन्। जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय