धनगढी । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् ।

४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ ।

बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको अध्यक्ष उपाध्यायले रातोपाटीलाई जानकारी दिए । उनको अवस्था भने खतरामुक्त रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय