भारतको उत्तर प्रदेश स्थित अमेथी क्षेत्रमा रहेका उद्योगमा संयुक्तरुपमा एके(२०३ राइफल बनाउने सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै दुवै देशबीचको सैन्य सहयोग थप १० वर्ष अर्थात् सन् २०३१ सम्मका लागि लम्ब्याइएको छ ।

सोमबार भारतीय रक्षा मन्त्री राजनाथ सिंह र उनका रुसी समकक्षी सर्गेई शोइगुबीच भएको द्विपक्षीय बैठकले यो सम्झौतामा हस्ताक्षर गरेको हो ुरुसको बलियो सहयोगलाई भारतले गहिरो प्रशंसा गर्दछ। हामीबिचको सहकार्यले सम्पूर्ण क्षेत्रमा शान्ति, समृद्धि र स्थायित्व ल्याउने विश्वास लिएका छौँ।

साना हतियार र सैन्य सहयोग सम्बन्धी विभिन्न सम्झौता प्रोटोकलमा हस्ताक्षर भएकोमा खुसी लागेको छ,ु बैठकपछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले ट्विट गर्दै भनेका छन् । आजै साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय