१६ कात्तिक, २०७८- झापा भेट्रान्स फुटबल क्लबले भेट्रान्स मेयर कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

झापाले उत्कृष्ट पुनरागमन गर्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा एफई खुमटार भेट्रान्स क्लबलाई २–१ ले हराउँदै उपाधि हात पारेको हो ।

झापाको जितमा दुवै गोल श्यामकुमार गोलेले गरे । खुमलटारका लागि नरेन्द्र लामाले एक गोल गरे । खेलको २७ औँ मिनेटमा कप्तान नरेन्द्रले गोल गर्दै खुमलटारलाई सुरुवाती अग्रता दिलाएका थिए । ​

३७ औँ मिनेटमा श्यामकुमारले गोल गर्दै झापालाई बराबरमा ल्याएका थिए । थप गरिएको समयमा श्यामले नै व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई उपाधि दिलाए ।

खेल सकिन केही समय बाँकी रहँदा सन्तोष बस्नेतले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि झापा १० खेलाडीमा सीमित बनेको थियो ।

उपाधिसँगै झापाले ५ लाख प्राप्त गर्दा उप विजेता बनेको खुमलटारले २ लाख ५० हजारमा चित्त बुझायो । प्रतियोगिता फुटबलर्स मिसन टुगेदरले आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय