![](https://eprabhatkhabar.com/wp-content/uploads/2021/07/flag-3.jpg)
काठमाडौं । ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा विश्व खेलकुदको कुम्भमेला ओलम्पिकको औपचारिक रूपमा उद्घाटन गरिएको हो । उद्घाटन समारोमा नेपालको तर्फबाट गौरिका सिंह र एलेक्जेन्डर शाह नेपालको झण्डा फहराएका थिए ।
टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार ३ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।