काठमाडौँ — भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीलाई प्रदान गरिएको छ ।

जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुज्न उनीहरुले गरेको खोजका लागि उनीहरुलाई २०२१ को नोबेलबाट सम्मान गरिएको हो । ९० वर्षीय मानाबे र ८९ वर्षीय हसलम्यानले जलवायु परिवर्तनको परिमामार्जनशीलता र जलवायुको पूर्वानुमानबारे संयुक्त खोज गरेका थिए ।

यस्तै इटालीयन ७३ वर्षीय वैज्ञानिक पारिसीले परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको खोज गरेका हुन्। स्वेडेनको स्टकहोमस्थित मंगलबार नोबेल एसेम्बलीले उनीहरुको पुरस्कार घोषणा गरेको हो । यसअघि सोमबार चिकित्सातर्फ अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पटापौटियन नोबेल पुरस्कार जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय