काठमाडौं- एजेन्सी- नयाँ भूउपग्रहीय तस्वीरहरूमा चीनले अक्साई चीन क्षेत्रमा व्यापक मात्रामा पूर्वाधार निर्माण गरेको देखिएको छ ।चीनले भारतीय सीमानजिक क्याम्पहरू बनाएको छ । यीमध्ये कैयौं क्याम्प स्थायी छन् र ती पक्का भवन हुन् । त्यहाँ चिनियाँ जनमुक्ति सेनाका कैयौं जवान बस्छन् ।

मौसमको विषम परिस्थितिले पनि कुनै प्रभाव नपार्ने भवन पनि चीनले बनाएको छ । अर्थात्, कठ्यांग्रिदो जाडोमा पनि सैनिकहरू त्यहाँ आरामले बस्न सक्छन् ।

त्यसबाहेक अन्य स्थानमा पनि निर्माणकार्य चलिरहेको छ । चीनले उक्त क्षेत्रमा सैन्य शहर निर्माण गरिरहेको भूउपग्रहीय तस्वीरबाट देख्न सकिन्छ ।

पूर्वी लद्दाखबाहेक सिक्किम र अरुणाचल प्रदेशमा समेत चीनले गाउँ र सडक बनाउने कामलाई तीव्रता दिएको छ । भूउपग्रहीय तस्वीरबाट त्यसको खुलासा हुन्छ ।

यसरी सीमा नजिक चीनले स्थायी संरचना बनाएपछि भारतले सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेको छ । भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवणेले सीमाक्षेत्रमा चिनियाँ सेनाले तैनाथी बढाएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय