काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाल चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान इच्छुक रहेको बताएका छन् ।
चिनियाँ विदेश मन्त्री वाङ यीले नेपालका नव नियुक्त पराराष्ट्र मन्त्री नारायण खड्कालाई सोमबार बधाई सन्देश पठाउदै उहाँले सो बताएका हुन् ।
नेपालका लागि चीनकी राजदूत होउ यान्छीले स्टेट काउन्सिलरसमेत रहेका वाङले सन्देश पठाएको पुष्टि गरेकी हुन् । सन्देशमा वाङले परराष्ट्र मन्त्री खड्कासँग मिलेर नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउने बताएका छन् । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीटमार्फत् यसबारे जानकारी दिएकी छन्।




