११ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज तय भएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल स्थगित भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान खेल्न लायक नभएकोले खेल नहुने भएको हो । खेल टस नै नभई स्थगित भएको हो ।

अघिल्लो दिनको वर्षाका कारण मैदान भिजेकोले ९ः३० मा सुरु हुनुपर्ने खेल निर्धारित समयमा टस हुन नसकेपछि खेल हुन सकेन । ११ः४० मा पछिल्लो पटक मैदान निरिक्षण गर्दा खेल मैदान तयार नभएकोले खेल स्थगित गर्ने निर्णय गरेको हो ।

मैदानमा धेरै पानी जमेकोले खेल खेलाउन लायक नभएको हो । आयोजकले खेल पुनः अर्को हुन सक्ने सम्भावना हुने जनाएको छ । त्यसका निर्णय टेक्निकल कमिटीले गर्ने आयोजकले जनाएको छ ।

खेल स्थगित भए पनि अंक भने बाँडिएको छैन । काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको थियो । विराटनगर भने पहिलो खेलमा चितवनसँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय