एजेन्सी । अफगानिस्तानको हेल्मण्ड प्रान्तमा तालिबानले दाह्री काट्न प्रतिबन्ध लगाएको छ । तालिबानले स्थानीय सैलुन सञ्चालकहरुलाई दाह्री खौरिन वा ट्रिम (छोटो) नगर्न आदेश लिएको छ । दाह्री खौरिने वा छोटो बनाउनु इस्लामिक कानुन विपरित हुने तालिबानको दाबी छ । तालिबानका धार्मिक प्रहरीले आदेश उल्लंघन गर्नेलाई कारवाही गरिने बताएको छ ।

राजधानी काबुलका केही सैलुन सञ्चालकहरुले आफूहरुलाई पनि दाह्री नखौरिन चेतावनी आएको बताएका छन् । तालिबानले सन् १९९६ देखि २००१ सम्म शासनमा रहँदा पनि यो नियम लागु गरेको थियो ।

अन्तरिम सरकार सञ्चालन गरेको तालिबानले आफूहरु विगतमा भन्दा फेरिएको र पुरानो व्यवहार नदोहोरिने बताए पनि व्यवहार त्यस अनुसार देखिएको छैन ।

गएको अगस्ट १५ अफगानिस्तान कब्जा गरेयता तालिबानले विरोधीहरुलाई कडा दण्ड दिएको छ । गएको शनिबार तालिबानका लडाकुहरुले चारलाईको गोली हानी हत्या गरेर शव शहरको खुला स्थानमा झुण्ड्याएका थिए । हेरात प्रान्तमा मारिएकाहरु अपहरणकारी रहेको दाबी तालिबानको थियो ।

हेल्मण्ड प्रान्तका सैलुनहरुमा तालिबानले टाँसेको सूचनामा सैलुन सञ्चालकहरुले शरिया कानुनको पालना गर्नु पर्ने उल्लेख छ । पछिल्लो २० वर्षमा अफगानिस्तानमा सैलुन व्यवसाय फस्टाएको थियो । तर तालिबानले प्रतिबन्ध लगाउन थालेसँगै धरापमा परेको छ र अफगान पुरुषहरु बाध्यकारी रुपमा दाह्री पाल्नु पर्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय