काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान गएको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएका छन् । नेपाली टिम आज बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।

समूह एफको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो । नेपाल पुछारमा रह्यो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय