एजेन्सी, असोज २ । अफगानिस्तानमा तालिबान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेको छ । त्यसको सट्टामा तालिबानले धार्मिक सिद्धान्त लागू गराउने मन्त्रालय राखेको बीबीसीले जनाएको छ । शुक्रबार महिला मामिला मन्त्रालयको बोर्ड हटाएर सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालय राखिएको हो ।

सामाजिक सञ्जालमा मन्त्रालयका महिला कर्मचारीले कार्यालयबाहिर काम गर्न पाउनुपर्ने माग गर्दै गरेको भिडिओ सार्वजनिक भएका छन् । सन् १९९० तिर तालिबानले यो मन्त्रालयमार्फत् महिलाहरूमाथि इस्लामिक नियम र कडा प्रतिबन्धहरू लागू गरेको थियो ।

पछिल्लो २० वर्षयता अफगानी महिलाहरूले आधारभूत अधिकारको लागि लड्दै आएका थिए । तर अब तालिबान आएपछि महिलाहरू आफ्नो अधिकार गुमाउने डरमा छन् । तालिबानले हालै बनाएको सरकारमा पनि सबै मन्त्रीहरू पुरूष छन् ।

यद्यपि तालिबानले आफूहरू बदलिएको दाबी गरिरहेका छन् । मानव अधिकार समूहहरूले सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालयको विरोध गर्दै आएका छन् । तालिबानी अधिकारीहरूले भने यो संस्था आवश्यक भएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय