काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल अपरान्ह ४ः१५ बजे सुरु हुनेछ ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजीमा हुनेछ । पहिलो भेटमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध ५ विकेटले नै पराजित भएको थियो । यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय