एजेन्सी-रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच टेलिफोन कुराकानी भएको छ । पाकिस्तानी प्रधानमन्त्री कार्यालयले पुटिन र खानबीचको टेलिफोन कुराकानीमा अफगानिस्तानको अवस्थाबारे छलफल भएको जानकारी दिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले क्षेत्रीय सुरक्षा र समृद्धि तथा अफगानिस्तानमा शान्ति र स्थिरता महत्वपूर्ण रहेको भन्दै तत्काल मानवीय सहायता उपलब्ध गराउन जरुरी रहेको बताए ।

उनले अफगानिस्तानमा आर्थिक संकट अन्त्यका लागि तत्काल आवश्यक कदम चाल्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।

अफगानिस्तानलाई नजिकैबाट नियालिरहेका अन्तर्राष्ट्रिय संस्थाहरुले समेत त्यहाँको अर्थतन्त्रबारे गम्भीर चासो व्यक्त गर्दै आएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानबाट मुख अन्यत्र नमोड्न आग्रह गरिएको छ । यो महत्वपूर्ण समयमा अफगानी जनतालाई एक्लै छाड्न नहुनेमा खानको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय