काठमाडौं भदौ २९ । अफगानिस्तानको पञ्जशीर उपत्यकामा तालिबानले कम्तीमा २० सर्वसाधारणको हत्या गरेको बीबीसीले खुलासा गरेको छ । पञ्जशीर उपत्यकामा तालिबान र विपक्षी बीच झडपको स्थिति छ । उक्त उपत्यकामा सञ्चारका सबै माध्यम काटिएका छन् तसर्थ यहाँको स्थितिबारे यकिन जानकारी प्राप्त गर्न गाह्रो छ तर बीब्ीसीले आफूसँग यसको प्रमाण भएको दाबी गरेको छ ।

बीबीसीद्वारा प्राप्त फुटेजमा पञ्जशीरको एक धुलाम्मे सडकमा सैनिक पोसाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकूले घेरिरहेको देख्न सकिन्छ । ती व्यक्तिमाथि बन्दुक प्रहार गरिन्छ र उनी भुइँमा लड्छन् । मारिएका ती सैनिक जवान नै हुन् भन्ने स्पष्ट जानकारी छैन । कम्ब्याट युनिफर्म त्यस क्षेत्रमा धेरैजसोले लगाउने गर्छन् । उक्त भिडियोमा ती व्यक्ति सर्वसाधारण भएको दाबी गरिएको छ । पञ्जशीरमा कम्तीमा २० जनाको मृत्यु भएको छ । पीडितमध्ये एकजना अब्दुल सामी नामका दुई सन्तानका पिता तथा पसले हुन् ।

स्थानीयसँगको कुराकानीमार्फत् प्राप्त जानकारी अनुसार तालिबानले कब्जा जमाउँदा पनि उनी भाग्न चाहेनन् । उनले भनेका थिए, ‘म गरिब पसलेको युद्धसँग केही सरोकार छैन ।’तर विरोधी लडाकूलाई सिमकार्ड बेचेको आरोपमा उनलाई पक्राउ गरियो । त्यसको केही दिनपछि उनको शव घर नजिकै भेटियो । उनको शव देख्ने प्रत्यक्षदर्शीले उनको शरीरभरी निलडाम भएको बताए । अघिल्लो महिना तालिबान शक्तिमा आएपछि, यही एउटा क्षेत्र छोडिएको थियो ।

पञ्जशीरको जनसङ्ख्या १।५ देखि २ लाख रहेको छ । यसको मध्य भागमा पञ्जशीर नदी बग्दछ । यो क्षेत्र चारैतिरबाट ९ हजार ८ सय फिट अग्ला पहाडहरूले घेरिएको छ । यो क्षेत्रका मानिसहरू बाहिरी शक्तिसँग बहादुरीले लड्नका लागि प्रतिष्ठा हासिल गरेका छन् । पछिल्लो दुई दशकमा यो क्षेत्रमा ठुलो लगानी भएको छ ।

तालिबानको विरोध गरिरहेको यो समूहमा अफगानिस्तानका पूर्व बलका सदस्य स्थानीय लडाकु सामेल छन् । यसको नेतृत्व स्थानीय आदिवासी नेता अहमद मसूदले गरिरहेका छन् । उनको पिताले सन् १९८० को दशकमा सोभियत सङ्घ र सन् १९९० को दशकमा तालिबानविरुद्ध सफलतापूर्वक लडाइँ लडेका थिए ।

तर प्रतिरोधी बलले आफ्नो संघर्ष जारी राख्ने बताउँदै आएको छ । तालिबानको कब्जापछि पञ्जशीरमा स्थिति कस्तो होला भनेर धेरैले चासो राखेका छन् । तालिबान उपत्यकामा प्रवेश गर्ने बित्तिकै उनीहरुले त्यहाँका स्थानीयलाई साधारण जीवनयापन अपनाउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय